देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

२०८२ चैत्र २५

२५ चैत्र २०८२, बुधबार काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा भइरहेको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरू विरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार अदालतले पक्राउका लागि स्वीकृति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल विदेशमा रहेकाले कार्यान्वयन हुन सकेको छैन। हाल उनीहरू नेपाल बाहिर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्: