वीरगंज । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बिहिवार देखि कार्यभार सम्हालेका छन् ।
नगरपालिकामा एक कार्यक्रमका बीच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।
नगरपालिकाको सभा हलमा भएको सो स्वागत तथा परिचयात्मक कार्यक्रममा पोखरियाका उप-प्रमुख रुवी ठाकुरको अध्यक्षता रहेको थियो भने लेखा शाखा प्रमुख मन्दिप महतो, वडा अध्यक्ष महेंद्र महतो चाई, पूर्व निमित्त प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, प्रशासन शाखा प्रमुख संजय पाण्डेय, नरेन्द्र साह लगायतकाले अधिकृत श्रीवास्तवलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा अधिकृत श्रीवास्तवले आफू जनताहरुको कामलाई छिटो र छरितो सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
जनताहरुको कामकाजका साथै विकास निर्माण लगायतको कामहरु अगाडि बढाउने भन्दै उनले जनप्रतिधि र कर्मचारीहरुको समन्वयमा अगाडि बढ्ने बताए ।
उनले भने, ‘तपाइँहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग र समन्वयको जरुरी छ ।’ सो परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका सदस्य र कर्मचारी लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्: