लागुऔषध कोकिनसहित तीन प्रकाउ

२०८१ जेष्ठ ३

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको २ केजी ६५४ ग्राम प्रतिबन्धित लागुऔषध कोकिनसहित प्रकाउ गरेको छ ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कोकिन बोकेर आएका युगान्डाका दुई महिला र जिम्मा लिन आएकी एकजना भारतीय महिलालाई पनि पक्राउ गरेको छ ।

ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार गत वैशाख ३० गते काठमाडौं आइपुगेकी ओर्लिएकी ४४ वर्षीया केभिना म्युगालाको पेटभित्रबाट १ केजी २६० ग्राम कोकिन निकालिएको छ ।

कतारबाट आएकी केभिना म्युगालालाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको थियो । उनले पेटभित्र निलेको अवस्थामा शंकास्पद वस्तु रहेको थाहा पाएपछि ब्युरोले चेकजाँचका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्: