एमाले नेता विष्णु पौडेल विरुद्ध बीस करोड ९० लाख बिगो दाबीसहित मुद्दा दायर

२०८३ असार ३२

काठमाडौं  । नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विषेश सरकारी वकिल कार्यालयले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

विशेष सरकारी वकिल कार्यालयले २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित अभियोगपत्र दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा अभियोगपत्र पेस गरेको जनाएको छ।

अभियोगपत्रमा व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा पौडेलले आफ्नो पद र प्रभावको दुरुपयोग गर्दै आर्थिक लाभ लिने उद्देश्यले सहजीकरण गरेको आरोप लगाइएको छ।

सरकारी पक्षका अनुसार श्रीराम टोवाको उद्योग प्रालिको उच्च मूल्य रहेको सेयर कृत्रिम रूपमा न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्ट प्रालिलाई हस्तान्तरण गराउन भूमिका खेलेको आरोप पौडेलमाथि लगाइएको छ।

उक्त कार्यबाट गैरकानुनी आर्थिक लाभ हासिल गर्ने उद्देश्य राखिएको दाबी गर्दै सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत २० करोड ९० लाख रुपैयाँ बिगो दाबी, सजाय तथा अन्य कानुनी कारबाहीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्: