प्रतिनिधिसभा बैठक आज मध्याह्न १ बजे बस्दै नीति तथा कार्यक्रममाथि छलफल हुने

२०८३ बैशाख २९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेट समेत प्रस्तुत हुनेछ ।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: