काठमाडौं । सरकारले शासकीय सुधारका लागि १०० (एक सय) कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। २०८२ फागुन २१ गते सम्पन्न आम निर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनताप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ ।
कार्यसूचीको पूर्णपाठ






















प्रतिक्रिया दिनुहोस्: