राजनीति
काठमाडौं । ४७ जना सांसदले नेपाली बाहेकको भाषामा शपथ लिन नाम टिपाएका छन् ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसदले नाम टिपाएको जानकारी दिएका हुन्।
फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गते हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिँदैछिन्,भने सांसदद्वय उज्ज्वल कुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् ।
कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन् । सांसदद्वय गीता चौधरी र प्रमिला कुमारी गच्छदारले थारू भाषामा शपथ लिने भनेर नाम टिपाएका छन्। त्यस्तै सांसदद्वय विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिँदैछन् । 




प्रतिक्रिया दिनुहोस्: