काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
फागुन २१ को निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि केन्द्रीय कार्यसमिति बैठकको मिति तय हुनासाथ उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्।
केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए।
कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही-४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए।सिंहले ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याएका थिए।
आमनिर्वाचन समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोली ६ गते शुक्रबार बस्ने छ।



प्रतिक्रिया दिनुहोस्: