पर्सा, २७ माघ। पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ९ वडेर्वामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त बैठकमा चुनावी रणनीति र क्षेत्रका विद्यमान समस्याबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा रास्वपाका पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा उम्मेदवार कानुले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै युवाहरूसँग रणनीतिक छलफल गरेका थिए। उनले युवाको सक्रिय सहभागिता बिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै निर्वाचनमा संगठनात्मक एकता र सक्रियता आवश्यक रहेको बताए।
कानुले वडा तथा क्षेत्रका स्थानीयवासीले भोग्दै आएका समस्या सुनेर ती समस्याको समाधान नीतिगत र व्यवहारिक ढंगले गरिने प्रतिबद्धता व्यक्त गरे। शिक्षा, रोजगारी, कृषि, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस्: