पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा राप्रपा नेता मिश्रको आग्रह

२०८२ माघ २६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपा तथा अन्य राजसंस्थावादीहरुलाई आग्रह गरेका छन्।

पूर्वराजा शाह आगामी फागुन १ गते काठमाडौं आउँने कार्यक्रम रहेको छ। मिश्रले देशलाई राजसंस्थाको छहारी आवश्यक रहेकाले पुराना दलहरू पनि अब यस पक्षतर्फ झर्ने संकेत गरेका छन्। उनका अनुसार फागुन १ गते उपत्यका र सम्भव भए देशभरिका राजसंस्थावादी समूहका सदस्यहरू एक दिनका लागि काठमाडौं उपस्थित भए स्वागत ऐतिहासिक हुने मिश्रले बताए।

पूर्व राजा ज्ञानेन्द्र शाहले झापाको भ्रमण पूरा गरी फागुन १ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्: