निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

२०८२ माघ ९

८ माघ, काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो ।

सोही बमोजिम (हिजो) बुधबार उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाइएको छ ।

आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्: