समाज
६ माघ, सिमरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का नेता दिलिप नेपालले बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका छन् ।
दर्ताअघि समर्थक सहित निर्वाचन कार्यालय पुगेका उनले जीतपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर करिब सवा ३.३० बजेको समयमा मनोनयनपत्र दर्ता गराएका हुन् ।
नेपालको उम्मेदवारी दर्ता गराउन समर्थकहरू उपस्थित भएर राष्ट्रिय झण्डा, पार्टीको झन्डा र ब्यानरका साथ र्याली निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस्: