६ माघ, सिमरा । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका छन् ।
ठूलो संख्यामा समर्थकहरू उपस्थित भएर पार्टीको झन्डा र ब्यानरका साथ र्याली सहित निर्वाचन कार्यालय पुगेका उनले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर करिब २ बजेको समयमा उम्मेदवारी दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्: