बालेन शाहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

२०८२ माघ ७

काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट मनोनयनपत्र दर्ता गराएका छन्। दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् ।

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो ।

समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेका हुन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन्

प्रतिक्रिया दिनुहोस्: