जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले उनलाई शपथ गराएका हुन्।
मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णको गरिमामय उपस्थितिमा शपथग्रहण गराइएको थियो। उक्त समारोहमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका विभिन्न व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। शपथ लिएलगत्तै डा. सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार समेत सम्हालेका छन्।
कार्यभार सम्हाल्दै नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श दिने प्रतिबद्धता जनाए। उनले प्रदेशको न्यायिक प्रणालीलाई थप सबल र सुदृढ बनाउनुका साथै सुशासन र विधिको शासनलाई नै आफ्नो कार्यसम्पादनको मूल आधार बनाउने बताए।



प्रतिक्रिया दिनुहोस्: