राजनीतिक दलहरूबीच नवीन समझदारी आवश्यक छ : अध्यक्ष लिङ्देनl

२०८२ पुस २७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलहरुकाबीचमा नवीन समझदारी आवश्यक रहेको बताएका छन्।

आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलहरुकाबीचमा नवीन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको उनले बताए।

‘अहिले यो देशको राजनीतिक दलहरुकाबीचमा एउटा नविन समझदारी आवश्यक परेको छ। त्यो समझदारीको आधार भनेको पृथ्वीपथ नै हो’ उनले भने।

उनले भने, ‘अहिले नेपालको जुन अवस्था छ। त्यो सबै परिस्थितिमा पृथ्वीपथ सबै समस्याको समाधानको रुपमा देखिएको छ। अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको छ। तरल बनिराखेको छ। यसको एक मात्र समाधान, चाहे अर्थतन्त्रकै दृष्टिकोणले होस्, परराष्ट्र नीतिको सन्दर्भले होस् या लोकतन्त्रको दृष्टिकोणले होस् यो सबैमा पृथ्वीपथ नै सबै समस्याको समाधानको पाटो हो।’

 

प्रतिक्रिया दिनुहोस्: