कुर्सीभन्दा माथि आत्मसम्मान, सरकार भन्दा ठूलो जनता: कुलमान

२०८२ पुस २३

घिसिङले भनेका छन् । मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’।

काठमाडौं । जेनजी आन्दोलनपछि गठित सुशिला कार्की सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट बुधबार साँझ राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामालाई आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता बताउँदै अब ‘उज्यालो नेपाल’ बनाउन सशक्त रूपमा राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि थप दुई मन्त्रालयको पनि उनले जिम्मेवारी पाएका थिए ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे ।

घिसिङले भनेका छन्। मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’।

सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: