पृथ्वी जयन्तीको अवसरमा चियापानको निम्तो दिन लिङदेन पुगे देउवा निवास

२०८२ पुस २३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति देउवाबिच बुधवार भेटवार्ता भएको छ ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भेटमा दुई पार्टीका अध्यक्षहरूबिच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठले जनाएका छन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भयो,’ उनले भने, ‘पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुग्नुभएको हो ।’ राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: