२५ मंसिर, काठमाडौं । भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने मन्त्री परिषदले निर्णय गरेको छ ।
विहिवार सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
दुई पक्षबीच आज बुधबार साँझ भएको सम्झौता अनुसार पाँचवटा कार्यादेश थप्ने सहमति भएको थियो । ‘सम्झौता बमोजिम मन्त्रिपरिषद् असोज ६ गते निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको छ,’ उनले भने ।
आयोगको कार्यक्षेत्रको सीमितता बढाउने सन्दर्भमा कार्यक्षेत्र बढाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्: