सुनिता साह
काठमाडौं । ‘सार्वभौम नागरिक पार्टी’ दर्ता प्रमाणपत्र आज निर्वाचन आयोगमा प्राप्त गरेको छ।
गणेश कुमार मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा दर्ता भएको छ । दल दर्ता सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै निर्वाचन आयोगबाट पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।
पार्टीका अध्यक्ष गणेश कुमार मण्डलले दर्ता प्रमाणपत्र प्राप्त गरेपछि यो राजनीतिक दलले राष्ट्रिय राजनीति र नागरिक अधिकारको सुनिश्चितता र संरक्षण गर्न नयाँ विकल्पको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार दलले आगामी दिनमा नागरिक स्वतन्त्रता, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको छ। सार्बभौम नागरिक पार्टी गठन गरिएको मुख्य कारण देशलाई दलतन्त्रको विभाजन, भ्रष्टाचार, भागबण्डा र अस्थिरताबाट मुक्त गरेर नागरिकतन्त्र केन्द्रित शासन व्यवस्था स्थापना गर्न। दशकौँदेखि दलहरूले देश कब्जा गरे तर नागरिक केवल मतदाता बने—निर्णयकर्त्ता बन्न पाएनन्। यही अन्याय अन्त्य गरेर सत्ता नागरिकमा फिर्ता ल्याउने ऐतिहासिक अभियानका रूपमा यो पार्टी जन्मिएको बताए ।



प्रतिक्रिया दिनुहोस्: