समाज
काठमाडौं । प्रहरी प्रधान कार्यालयले बाराका एसपी सन्तोष तामाङलाई फिर्ता बोलाएको छ । जिल्ला प्रहरी कार्यालय बारामा एसपी नरेन्द्र कुँवरलाई काज सरुवा गर्ने निर्णय गरिएको हो ।
आज प्रशासन र जेनजी समूह बीच बाराको पथलैयामा भएको वार्तामा जेनजी समूहले सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने प्रहरी अधिकारीहरु बाराका प्रहरी प्रमुख एसपी संतोष तमाङ लाई कारबाही गर्नु पर्ने लगायतका माग अघि सारेका छन्।
बाराको एसपी परिवर्तन गर्ने निर्णय भएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले पुष्टि गरे । नरेन्द्र कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।
बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो । झडप भएसँगै स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । प्रदर्शन नियन्त्रणमा लिन बिहीबार प्रहरीले गोली चलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्: