सिमरा घटना : प्रशासन र जेनजीबीचको ३ बुँदे सहमतिमा वार्ता टुङ्गियो

२०८२ मंसिर ६

५ मंसिर, सिमरा । बाराको सिमरामा जेनजी र एमाले बीचको घटना साम्य पार्न भएको वार्ता भर्खरै सकिएको छ ।

बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालयमा (आज) शुक्रबर भएको प्रशासन र जेनजीबीचको भएको वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने जस्ता तीन वटा विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् ।

उनीहरूले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग राखेका छन् । पक्राउ पर्न बाँकी रहेका आरोपितहरूलाई पक्राउ गर्ने दिन नै तोक्नुपर्ने । वार्तामा सहभागी जेनजीका अगुवाहरूले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग समेत राखेका थिए ।

तर प्रजिअ मिश्रले सार्वजनिक रूपमा घुमिरहेका आरोपित व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गर्न आफूबाट निर्देशन भइसकेको भन्दै लुकेको अवस्थामा रहेकाहरूलाई पक्राउ गर्न दिन तोक्न उपयुक्त नहुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: