समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । प्रवक्ता जगदीश खरेलले दिएको जानकारीअनुसार, राष्ट्रपति पौडेलले कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नुहुनेछ ।
उनी कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ नामक उच्चस्तरीय कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको हुन् । मन्त्री खरेलले भने, ‘कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।’



प्रतिक्रिया दिनुहोस्: