काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
पूर्वप्रधानमन्त्री नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले उनको सुविधा कटौती गरिएको गृह स्रोतले बताएको छ ।
भ्रष्टाचार अभियुक्त भएकाले उहाँको सुविधा कटौती गरिएको हो,’ सम्बद्ध स्रोतले भन्यो, सुरक्षा चुनौतीलाई मध्यनजर गरेर उनले सुरक्षाकालागि निवेदन हाल्नु भयो भने सुरक्षाका लागि आवश्यक निर्णय हुनसक्छ ।’
पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।



प्रतिक्रिया दिनुहोस्: