
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका थिए ।
मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् । पछि उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष नेपालको संविधानको धारा १६९ उपधारा (१) को (ख) बमोजिम मुख्यमन्त्री पदबाट दिएका राजिनामा आज मिति २०८२ असोज २८ गते माननीय प्रदेश प्रमुख भण्डारीले स्वीकृत गर्नु भएको छ।
पदबाट राजीनामामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा संकेत गरे । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस्: