समाज
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारस्थित गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् ।
विहिवार गरेका छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमखु टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन र काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे उनीहरूबीच छलफल भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्: