जेनजी आन्दोलनको अनुसन्धान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षमा आयोग गठन

२०८२ अशोज ५

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा  उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको मन्त्रिपरिषद्का निर्णय सुनाउँदै अर्थमन्त्री रामेश्वर खनालले बताए । उनलेआयोगको कार्यावधि तीन महिना रहेको बताए ।

त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: