काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बर्खाका कारण स्थगित गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज भदौ २१ बाट पुनः सुरु गर्ने भएको छ।
जेठ २ गते बैतडीको पाटनबाट अभियानको शुरुआत गरिएको थियो। तर, बर्खाको मौसमको कारण जेठ १२ गते अभियान पोखरामा अस्थायी रूपमा स्थगित गरिएको थियो।
साउन १६ र १७ गते बसेको पार्टी स्थायी समितिको बैठकको निर्णयअनुसार बाँकी जिल्लामा अभियान भदौ २१ गतेदेखि पुनः सुरु गर्ने निर्णय गरेको थियो ।
पुनः सुरु हुने अभियानको औपचारिक कार्यक्रम आज दिउँसो ३ बजे पोखरा महानगरपालिका–१ रुपा स्थित स्यास्त्री शहीद पार्कबाट सुरु गरिने माओवादी केन्द्रले जनाएको छ।
पुष्पलाल लोकमार्गलाई रणनीतिक, भौगोलिक र विकासका दृष्टिले महत्व दिँदै माओवादी केन्द्रले यसको निर्माण, संरक्षण र प्रचार–प्रसारमा विशेष अभियान सञ्चालन गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्: