बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

२०८२ साउन २८

हेठौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत जाहेर गरेका थिए । बानियाँको पक्षमा ६३ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए । कुल ११० सदस्यीय मध्ये ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ४ बमोजिक विश्वासको मत लिएका थिए । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: