उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिसमा

२०८२ साउन २३

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो ।

सिफारिसमा १६ जना जिल्ला अदालतका न्यायाधीश, ५ जना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

सिफारिसअनुसार अब प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त र पदस्थापन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्: