समाज
रस्मी कार्की , मकवानपुर
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनमा बानियाँले आफ्ना प्रतिस्पर्धी बहादुर सिंह लामालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।
कुल ३७ मत खसेकोमा बानियाँले २२ मत प्राप्त गरेका थिए भने लामाले १४ मत पाएका थिए । बागमती प्रदेश सभामा काँग्रेसका कुल ३७ सांसद छन् । बानियाँले यसअघि तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । जुन २२ मतले नै पारित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्: