काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महाराजगञ्जस्थित भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा मानव तस्करी आरोपमा छापा मारेको छल।
सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको सीआईबी स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरी संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यक्रममा सहभागी हुने बहानामा ट्राभल्स एजेन्सी र गैरसरकारी संस्थाहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी गरेको आरोप लागेको थियो । यो विषय संसदमा समेत चर्को रूपमा उठेपछि एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो, जसले अहिले तीव्रताका साथ काम गरिरहेको छ।
यस घटनाले मानव तस्करीको जालो कति गहिरो छ, भन्ने प्रश्न उठाएको छ र प्रहरीको यो कदमले दोषीमाथि कारबाही भई पीडितले न्याय पाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्: