भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेत २५ लाख धरौटीमा रिहा

२०८२ असार १५

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

आज भएको थुनछेक बहसपछि अदालतले यो निर्णय सुनाएको हो । बस्नेत आजै अदालतमा उपस्थित भई बयान र थुनछेक बहसमा सहभागी भएका थिए ।

बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस्: