रवीन्द्र मिश्र र धवल शमशेर राणा सम्पर्क विहीन,जमानी लिने वकिललाई ५०/५० हजार जरिवाना

२०८२ जेष्ठ २३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा अदालतमा सम्पर्कमा आउने शर्तमा छुटे पनि हालसम्म सम्पर्कविहीन भएपछि उनीहरूको जिम्मा जमानी लिएका दुई वकिललाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक तथा प्रवक्ता अपील राज बोहराले ‘हाजिरी जमानीमा लिएर बुझ्नेहरुले उहाँहरुलाई बुझाउन नसकेपछि दुवै जनाका वकिललाई ५०/५० हजार रुपैयाँका दरले जरिवाना तिराइएको’ जानकारी दिए।

यसरी छाडिएका व्यक्तिलाई जसले बुझेको हुन्छ । पछि ती व्यक्तिलाई उपस्थित नराएको अवस्थामा बुझिलिने व्यक्तिलाई जरिवाना गर्न सकिने उल्लेख छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अनुसन्धान अधिकृतले जरिवाना तोक्ने सक्ने व्यवस्था उल्लेख छ । संहिताको दफा १५ मा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकृतले छाड्न सक्ने व्यवस्था उल्लेख छ ।

दफा १५ को उपदफा (४) मा उल्लेख छ, ‘उपदफा (३) बमोजिम तोकेको समयमा त्यस्तो मानिसलाई उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ब्यवस्था छ ।’

 

प्रतिक्रिया दिनुहोस्: