गृहमन्त्रीको राजीनामा र बजेटबारे माओवादी केन्द्रको संसदिय दलको बैठकमा छलफल

२०८२ जेष्ठ २०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदिय दलको कार्यालयमा सुरु भएको छ।

बैठकमा संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

सरकारले ल्याएको बजेटमाथि भोलिदेखि प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ। तर, माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिँदै आएको छ। आजको बैठकले यस विषयमा थप रणनीति तय गर्ने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्: