राजावादीको प्रदर्शन लुवाटारतर्फ, घन्कियो ‘राजा आऊ, देश बचाऊ’ को नारा

२०८२ जेष्ठ १८

काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादीहरूले आज तेस्रो दिन शनिबार पनि आन्दोलन जारी राखेका छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार, आज राजावादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका थियो ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो ठाउँमा निषेधित क्षेत्र घोषणा गरे लगत्तै, राजावादीहरूको आन्दोलन शान्तिबाटीकामा भयो ।

रत्नपार्कबाट सुरु भएको शनिबारको आन्दोलन नक्साल हुँदै बालुवाटार पुगेको छ ।

बालुवाटारलाई यसअघि नै सरकारले संवेदनशील क्षेत्रको रुपमा लिँदै निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’, लगायतका विभिन्न प्लेकार्डसहितका नारा लगाएका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्चपदस्थको सरकारी निवास रहेको क्षेत्रमा पुगेर राजावादीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल लगायतका दलका नेता कार्यकर्ता पनि सहभागी छन् । निषेधित क्षेत्र तोड्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: