समाज
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय अगाडि कुनै राजनीतिक प्रदर्शन गर्न नपाइने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेध गरेको छ ।
राजावादी समूहले शनिबार नारायणहिटी क्षेत्रमा प्रदर्शनको तयारी गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक आदेश जारी गर्दै नारायणहिटी दरबार बाहिर प्रदर्शनमा रोक लगाएका हुन् ।
प्रशासनले जेठ १७ देखि असार २४ गतेसम्म नारायणहिटी क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो।अब राजावादीको प्रदर्शन दरबारमार्गबाट अन्यत्र सार्नु पर्ने भएको छ।
राजसंस्था पुनःस्थापना संघर्ष समितिले गणतन्त्र दिवसको दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरेको थियो । शुक्रबार माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्: