समाज
काठमाडौं । राजावादीहरूको राजधानी केन्द्रित आन्दोलन आज पनि जारी छ ।
गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजीवादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
अनिश्चितकालीन आन्दोलन थालेका राजावादीहरुले आज दोस्रो दिन पनि सडकमा छाता ओढेर प्रदर्शन गरेका हुन् । पहिलो दिन रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरूले दोस्रो दिन माइतीघरमण्डलेदेखि नयाँ बानेश्वरसम्म राजा माग्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सहभागिता रहेका छन् । राजावादीहरू छाता ओढेर सडकमा निस्किएका छन् । राजावादीको प्रदर्शनका कारण काठमाडौंका केही क्षेत्रमा सडक यातायात समेत अवरुद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस्: