पुजा पाठक १४ जेष्ठ
रौतहट । आम जनता पार्टीका केन्द्रिय अध्यक्ष एवम् रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले दिएका गाली बेइज्जती मुद्दामा रौतहट जिल्ला अदालतले दावी नपुग्ने फैसला गरेका छन्।
जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस र नेकपा एसका ९ जना नेता माथि दर्ता गराएका गाली बेइज्जती मुद्दामा जिल्ला न्यायधिश शम्भु प्रसाद रेग्मीको एकल इजलाशले बादीको दाबी नपुग्ने ठहर फैसला गरेका हुन।
जनता समाजबादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव प्रति सांसद साहले गरेको नकारात्मक टिप्पणी पछि आयोजना गरिएको बिरोध सभामा जसपा नेपाल, कांग्रेस र नेकपा एसका नेताहरुले कोण सभामा साहको बिरुद्ध अभिव्यक्ति दिएका थिए।
आफ्नो बिरुद्दमा गलत आरोप लगाउदै गाली बेइज्जती गरेको भन्दै साहले नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र यादव, जसपा नेपालका नेता एवम् पुर्ब राज्य मन्त्रि योगेन्द्र राय यादव, पूर्व प्रदेश सांसद राम किशोर यादव, तत्कालिन जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, नेकपा एसका नगर प्रत्यासी बृज किशोर यादव, राजदेवी नगरपालिकाका नगर प्रत्यासी रामेश्वर प्रसाद यादव, पत्रकार मेवालाल यादव र समाचार प्रसारण गर्ने जानकी टेलिभिजन माथि गाली बेइज्जती गरेको भन्दै ९ जना माथि मुद्दा दर्ता गराएको थियो।
प्रतिवादीहरुको तर्फ बाट बरिष्ठ अधिबक्ता अनिरुद्ध बैठा,अधिवकता डाक्टर सुनिल सिंह, अधिबक्ता लालबाबु यादव, अनोज यादव, राजाराम यादवले गरेको प्रतिपक्षको बहस पश्चात इजलासले बादीको दावी नपुगेको फैसला गरेको छ।
त्यस्तै संजिव कुमार यादवले चन्देश्वर साह तेली सहित ५ जना उपर दिएको गाली बेइज्जती मुद्दामा दावी नपुग्ने फैसला भएको रौतहट जिल्ला अदालतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्: