युवा संघको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, भोली मतदान

२०८२ जेष्ठ १२

पोखरा । राष्ट्रिय युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ ।

सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि मनोनयन खुला गरिएको हो । मतदाता नामावली प्रकाशन भैसकेको छ ।

अध्यक्षमा दुई प्यानलमा निर्वाचन हुने लगभग पक्का छ । अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिचमा प्रतिस्पर्धा हुने भएको छ। थेबेलाई एमाले अध्यक्ष केपी शर्मा ओली र पुरीलाई विष्णु पौडेल लगायत नेताहरूको समर्थन छ ।

मनोनयन सम्बन्धी सबै काम सकेर भोली बिहानदेखि मतदान हुने निर्वाचन तालिका सार्बजनिक भइसकेको छ । बिहान ८ देखि ४ बजेसम्म मतदान हुने र मतदान लगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: