प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जाँच गराउन प्रचण्डले दिए सुझाव

२०८२ जेष्ठ ११

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जाँच गराउन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले आफू राजावादीहरूसँग मिल्ने योजनामा रहेको भन्दै गलत अभिव्यक्ति दिएको भन्दै प्रचण्डले यस्तो सल्लाह दिएका हुन्।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत शुक्रबार कास्की पुगेका प्रचण्डले प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीको भनाइप्रति कडा आपत्ति जनाए ।

उनले “तपाईहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए। म सुन्दै छु, राजावादीहरुसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै भन्नु छैन, यदी त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मानसिक अस्पतालमा जचाउन म सल्लाह दिन चाहान्छु

“हामीले राजावादीहरुका विरुद्ध, प्रतिगामीहरुको विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरुको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौ । उनीहरुप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरुको राजावादीहरुको, निरङकुसतावादीहरुको भण्डाफोर गरिदिदाँ सरकारले थोरै भएपनि राहत महसुस गर्यो।“

उनले माओवादीको जनजागरण अभियान राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुगेको पनि बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्: