रवि लामिछानेले भने दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ, यही नै मेरो जित हो

२०८१ चैत्र १७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले मलाई जिउँदै छाड्नु नै आफ्नो जित भएको बताएका छन् । पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठक अघि समर्थक र पत्रकारहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

तिमीहरुको दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ । यही नै मरो जित हो’, उनले भने, ‘शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिनेछु ।’

उनले सत्यको पक्षमा म जस्तोसुकै जुनसुकै सामाना गर्न पनि तयार छु । करिब ५ महिना अगाडि सरकारले जबरजस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै उठाएर लगेको स्मरण गरे । उनले भने, ‘षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन । तर, मैले कुनै दिन पनि हार मानेको थिइनँ र मान्ने छैन पनि ।

उनले आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत जिकिर गरे । उनले आफू न्यायको जुनसुकै तराजुमा तौलिन पनि तयार भएर बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्: