प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपालाई निषेध

२०८१ चैत्र १६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई निषेध गरिएको छ । गणतन्त्र पक्षधर भनिएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपा दुवैलाई नबोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबार  तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको मात्र बैठक बोलाएका हुन् । राप्रपा राजावादी भए पनि रास्वपा गणतन्त्रलाई स्वीकार गरेर खोलिएको दल हो । यद्यपि यी दुवै दल ओली सरकार प्रति संसद् र सडकमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । प्रधानन्त्रीज्यूले बोलाउने भएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपा दुवै दललाई बोलाइएको छैन । आवश्यक नभएर नै नबोलाएको हो’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्: