कर्फ्युको आदेशसँगै काठमाडौंको सडकमा सेना

२०८१ चैत्र १४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको छ । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको हो ।

नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारी तर्फ प्रस्थान गरेको छ ।

राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ । तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्: