कुलमान हटाएको विरुद्धमा माइतीघरमा राप्रपाको विरोध प्रदर्शन

२०८१ चैत्र १३

काठमाडौं । कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरुद्धमा सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ ।

उनीहरूले ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्‍यवस्था बदलौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’, ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘ देशलाई अध्यारो बनाउने षडउन्त्र बिफल पारौं,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।

सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: