समाज
काठमाडौं । संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना कटिबद्ध रहेको स्पष्ट पारेको छ ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि बुधबार नेपाली सेना जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।
नेपाली सेनाले लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध भई ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’
साथै, सेनाले आफ्ना धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको प्रष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्: