पूर्व राजा ज्ञानेन्द्र शाह यसै साता गोरखनाथ र मनकामना जाने भएका छन्

२०८१ चैत्र ५

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् ।

सम्वाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजतन्त्र फर्काउने गठित आन्दोलन परिचालन समिति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन गोरखा जान लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्: