जनतासँग माओवादीकाे तराई मधेस जागरण अभियान बारा पर्सामा स्थगित

२०८१ फाल्गुन २४

बारा। नेकपा मओवादी केन्द्रकाे जनतासँग माओवादी हुलाकी सडक केन्द्रित तराई मधेस जागरण अभियान अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

झापाबाट शुरू भएको अभियान राैतहटमा जारी रहँदा विशेष कारणवस स्थगित गरेकाे नेकपा माओवादी केन्द्रका उपमहसचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए ।

राष्ट्रिय राजनीतिमा देखिएकाे नयाँ परिवेश अनुसार थप परिमार्जन गर्नुपर्ने भएकोले बारा र पर्साकाे अभियान भने अहिले स्थगित भएको उनले बताए । माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरू काठमाडौं जानुपर्ने भएकोले अभियान हाललाई स्थगित भएको उनकाे भनाइ छ । पार्टीले भाेली ३ बजे पदाधिकारी बैठक समेत बाेलाएकाे इन्चार्ज यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: