ज्ञानेन्द्र शाहीले दिए चेतावनी, कुलमान हटाए सडक र सदन चर्काउने छौ

२०८१ फाल्गुन २१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका  प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद् बाट निर्णय हुदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लङ्घन हुने गरेको बताए । उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्: