समाज
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ ।
बुधबार न्याय परिषद्ले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश भरत लम्सालको सुरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
उनलाई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा सरुवा गर्न सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता अशोक कुमार क्षेत्रीले जानकारी दिए ।
यस्तै न्याय परिषद्ले न्याय परिषद्को वार्षिक प्रतिवेदन, २०८०/०८१ लाई सामान्य परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्: